२ सय ज्येष्ठलाई सम्मान

२ सय ज्येष्ठलाई सम्मान

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरका २ सय जना ज्येष्ठ नागरिकलाई आज सम्मानित गरिएको छ ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नगर समितिको आयोजनाको कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जिउँदा भगवान आफ्ना अग्रजहरुलाई हेंला नगरी सधैं सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ज्येष्ठका पीरमर्काहरुलाई नगरले गम्भिरतापूर्वक हेरेर त्यस्ता समस्या समाधान समेत गर्दै आएको वताउनु भयो ।
कार्यक्रममा, केन्द्रका केन्द्रीय सहअध्यक्ष भूवनेश्वर पोखरेल, प्रदेश सदस्य कृष्णप्रसाद घिमिरे, नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेश दहाल सहितले मन्तव्य व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई सवै पक्षबाट सम्मानजनक हेराई र सम्मानजनक कार्यक्रम सञ्चालन गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा, ज्येष्ठहरुका लागि आम्खोरा, गम्छा, फलफुल र यातायात खर्च समेत प्रदान गरि सम्मानित गरिएको हो । नगरपालिका कार्यालयको ३ लाख रुपैयाँ बजेटमा कार्यक्रम सञ्चालन गरिएको छ ।

सम्बन्धित खवर