‘पत्रकारिता पुरस्कार–२०७८’ प्रदेश दैनिकका सम्पादकलाई

‘पत्रकारिता पुरस्कार–२०७८’ प्रदेश दैनिकका सम्पादकलाई

पथरी, पत्रकारिता पुरस्कार–२०७८ प्रदेश दैनिकका सम्पादक भिमराज अधिकारीलाई प्रदान गरिएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार २०७८ अधिकारीलाई प्रदान गरिएको हो । बुधबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नगद १५ हजार सहित पुरस्कार प्रदान गरेको हो ।

सोही कार्यक्रममा वर्ष २०७८ को ‘सञ्चार माध्यम पुरस्कार–२०७८’ (नगद २५ हजार सहित) क्रेजी साप्ताहिकलाई प्रदान गरिएको छ । यस्तै २ दशक देखि पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाइरहेका, हाल नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईलाई ‘पत्रकारिता सम्मान–२०७८’ (नगद २० हजार सहित) प्रदान गरिएको छ ।

नगरको मिडिया प्रवद्र्धन अन्तरगत पत्रकार, सञ्चार माध्यम पुरस्कार तथा सम्मान छनौेट समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले नगरको विषयमा सकारात्मक वा नकारात्मक सबै प्रकारका विषय उठान गरेर नगरको विकासका लागि भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर