रेडस्टारको २६ औँ वार्षिकोत्सव सम्पन्न

रेडस्टारको २६ औँ वार्षिकोत्सव सम्पन्न

पथरी, मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार माविको २६ औँ वार्षिकउत्सव सम्पन्न भएको छ ।

शनिबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि २६ औँ वार्षिक उत्सव तथा अन्तराष्ट्रिय स्कुल अवार्डको बधाइ र शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले रेडस्टारले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा बधाई दिदै अझ विद्यालयको उन्नति र प्रगतिको कामना गर्नुभयो ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न विद्यालयका तर्फबाट भूमिका निर्वाह गर्ने शिक्षकहरुलाई सम्मान पत्रद्वारा विद्यालयले सम्मान गरेको छ । रेडस्टारले सन् २०२४ सम्मका लागि विट्रिस काउन्सिलद्वारा प्रदान गर्ने इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गरेको छ । अवार्डका लागि सहयोग गर्ने सामुदायिक विद्यालयहरुमा बुद्ध माविलाई पनि प्रशंसा पत्र प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालयका तर्फबाट नृत्य, गायन तथा नाटक प्रस्तुत गरि विद्यार्थीहरुले मनोरञ्जन गराएका थिए । सोही कार्यक्रममा विद्यालयका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

सम्बन्धित खवर