पथरीका युवा व्यवसायी भुवन थापालाई १५ लाखको चिट्ठा

पथरीका युवा व्यवसायी भुवन थापालाई १५ लाखको चिट्ठा

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० का युवा व्यवसायी भुवन थापालाई १५ लाख रुपैयाको चिट्ठा परेको छ । कन्ट्रक्सन तथा अन्य विभिन्न व्यावसाय गर्दै आएका थापालाई व्यापारकै लागि इलेक्ट्रोनिक्स सामान खरिदका क्रममा सो चिट्ठा परेको हो ।

पथरीशनिश्चरे वडा नं १० मा इलेक्टोनिक्स व्यवसाय सञ्चालनको तयारीमा रहेका थापालाई सोही व्यवसाय सञ्चालनका लागि सामान खरिद गरेका थिए । ५० लाख वढीको सामान खरिद गर्दा पाइने उक्त कुपनका लागि उनले ५२ लाखको सामान खरिद गरेका थिए । खरिद मार्फत उनले १५ लाख रुपैँयाको कुपन प्राप्त गरेका हुन् । यद्यपी सो रकम भने १५ दिन भित्र प्राप्त गर्ने कम्पनिले जनाएको छ । थापा छोटो समयमै स्थापित व्यवसायी हुन् ।

यो समाचार आज अप्रिल फूल मनाउनका लागि मात्र तयार पारीएको हो । यो समाचारलाई विश्वास गरि यहाँहरु मुर्ख बन्नुभएकोमा धन्यवाद

सम्बन्धित खवर