तालिमको उपलब्धीलाई व्याबहारमा उर्तान फागोको अग्रह

तालिमको उपलब्धीलाई व्याबहारमा उर्तान फागोको अग्रह

उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिकाले गरिव तथा आर्थिक अवस्था कमजोर भएका ६० जना युवायुवतीलाई २ महिने सिपमुलक तालिम दिएको छ।

उर्लाबारी नगरपालिकाको ६ लाख रुपैयामा लागतमा संचालित २ महिने हाउस वाइरिङ, व्युटिसियन र लोकसेवा तयारी कक्षा गरी हरेकमा २०/२० जनाका दरले उर्लाबारीका ६० जना युवायुवतीले तालिमको लाभ लिएका छन् ।

आदिवासी तथा जनजाति समुदायमा रहेका युवायुतीलाई लक्षित गरी नगरपालिकाले हरेक वर्ष वजेट विनियोजन गर्दै आर्थिक लाभ लिन सकिने सिपमुलक तालिमको आयोजना गर्दै आएको छ ।

सोही क्रममा आर्थिक वर्ष २०७७/७८ को विनियोजित रकम मध्येको ६ लाख रुपैयामा लागतमा सो तालिम आयोजना गरीएको नगरपालिकाले जनाएको छ ।

विहिवार उर्लाबारी स्थित ब्रिटिस ल्याङग्वेज इन्टीच्युटमा भएको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्ग फागोले तालिमको उपलब्धीलाई व्यावहारमा उतारेर आर्थिक समृद्धिको बाटोमा लाग्न सहभागिहरुलाई सुझाए ।

आदिवासी जनजाति महासघ उर्लाबारी नगर कमिटीको आयोजना सचालन भएको तालिममा सहभागिहरुलाई मिखेम्मा व्युटी पार्लर उर्लाबारी, हव इन्टरनेशनल दमक, फाल्गुन्द इन्टरनेशनल दमकले सहजीकरण गरेको महासंघका नगर अध्यक्ष मणिलाल श्रेष्ठले बताए ।

ब्रिटिस ल्याङगवेज उर्लाबारीको व्यावस्थापनमा तालिम सम्पन्न् भएको हो ।

सम्बन्धित खवर