कामना सेवाले सुरु ग¥यो शनिश्चरे र जाँतेमा शाखारहित सेवा

कामना सेवाले सुरु ग¥यो शनिश्चरे र जाँतेमा शाखारहित सेवा

पथरी, कामना सेवा विकास बैंकले एकैचोटी २ वटा शाखा रहित बैकिंक सेवा सुरु गरेको छ ।

विगत ३ वर्षदेखी पथरीशनिश्चरेमा आफ्नो शाखाबाट सहज र सर्वसुलभ तरिकाले बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको कामना सेवाले आज एक औपचारीक कार्यक्रमका बिच मोरङको पथरीशनिश्चरे–९ स्थित शनिश्चरे र लेटाङ–९ स्थित मदन चौक जाँतेमा समेत गरि २ ठाँउमा आजबाट शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

आमसर्वसाधारणको घरदैलोमा अत्याधुनिक बैंकिङ सेवा सुविधा सहज, सरल र भरपर्दो तरिकाले प्रदान गरि बैंकङ पहुँच पु¥याउने उद्घेश्यका साथ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । शनिश्चरेमा आरके मोबाइल सर्भिस सेन्टरमा सेवाको समुद्घाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै पथरी बजारमा रहेको बैंकले शनिश्चरेमा शाखारहित सेवा संचालनमा ल्याई जनतालाई बैंकिङ पहुच बढाउने कामना सेवा विकास बैंकको कार्यको प्रशंशा गर्दै नगरवासीलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन दिनुभयो । साथै अधिकांश बैंकहरुले सेवा दिने क्रममा प्रक्रिया झन्झटिलो रहेको गुनासो जनताबाट आएकोले जनताहरुलाई सहज सरल तरिकाले सेवासुविधा दिनको लागि सुचित गराउनुभयो ।

त्यस्तै जाँते मदन चौकस्थित अवि मेडिकल हलमा रहेको शाखा रहित बैंकिङ सेवाको समुद्घाटन लेटाङ नगरपालिका वार्ड नं. ९ का वडाअध्यक्ष कृष्ण लुइटेलले गनुृभएको थियो । कार्यक्रममा बोल्दै लुईटेलले जाँतेमा १ मात्र बैंक रहेको र त्यो समेत टाढा भएर गाह्रो भैरहेको अवस्थामा कामना सेवा विकास बैंकले शाखा रहित बैंकिङ सेवा प्रदान गरेकोमा अत्यन्तै खुसी तथा गौरव महसुस भएको बताउनुभयो । शाखासहितको सेवा संचालनमा ल्याइदिए अझ सुनमा सुगन्ध हुने बताउँदै शाखासहितको सुविधा समेत ल्याउन लुइटेलले अनुरोध गर्नुभयो ।

कार्यक्रममा कामना सेवा विकास बैंकका प्रदेश प्रमुख खिमलाल भुषाल, क्लष्टर हेड विजयराज बानिया, पथरी शाखा प्रमुख रामचन्द्र भट्टराई लगायत अन्य कर्मचारीहरु, जनप्रतिनिधिहरु, समाजसेवी, व्यापारी लगायत स्थानियको उल्लेखनीय उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको इजाजत प्राप्त कामना सेवा विकास बैंकले देशभरी १३० भन्दा बढी शाखा, १ एक्स्टेन्सन काउन्टर, ६ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटिएम मार्फत अत्याधुनिक प्रविधिबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर