१३ वर्षीय छात्रालाई कक्षाकोठामा आफ्नै शिक्षकले गरे यौन दुर्व्यवहार

१३ वर्षीय छात्रालाई कक्षाकोठामा आफ्नै शिक्षकले गरे यौन दुर्व्यवहार

बिजय धिमाल, झापा

झापाको हल्दिबारी गाउँपालिका १ गोलधाप स्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ वर्षीया छात्रालाई आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेका छन् ।

शिक्षक श्रीप्रसाद सिवाकोटी (सन्दिप)ले शुक्रबार दिउँसो परीक्षा सकेपछि विद्यालयको दोस्रो तल्लामा बोलाई यौनजन्य दुर्व्यवहार गरेका हुन् । यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्रा चिच्याई प्रतिकार गरेर विद्यालयका अन्य शिक्षक र अभिभावकलाई तत्काल जानकारी गराएको प्रधानध्यापक पुष्पलाल खरेलले जानकारी दिए ।

केहीबेरमै आक्रोशित बनेका अभिभावक र छिमेकीहरूले यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरेका थिए । आक्रोसित बनेको भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेको फाउन्डर धनन्जय सिटौलाले जानकारी दिए । शिक्षक बिर्तामोड नगरपालिका–१० निवासी अन्दाजी ४० वर्षीय हुन् ।

लगत्तै प्रहरी चौकी गोलधाप र प्रहरी कार्यालय झापा जिल्लाको प्रहरी टोलीले शिक्षकलाई शुक्रबार बेलुका घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर