महिलाहरु हरेक क्षेत्रमा अघि बढ्नु आवश्यक ः उपप्रमुख वास्तोला

महिलाहरु हरेक क्षेत्रमा अघि बढ्नु आवश्यक ः उपप्रमुख वास्तोला

पथरी, मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरका महिलाहरु नेतृत्व लिने सहितका हरेक क्षेत्रमा सक्रियता बढाउनु आवश्यक रहेको बताउनु भएको छ ।

उपप्रमुख वास्तोलाले नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिमको उद्घाटन्का क्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले महिलाहरुले हरेक क्षेत्रमा आफ्नो अधिकारलाई व्यवहारिक रुपमा उपयोग गर्नका लागि आफ्नो सक्रियता थप आवश्यक रहेकामा जोड दिनुभयो ।

नगरका जनप्रतिनिधि महिला र मेलमिलाप केन्द्रका महिलाहरुका लागि आयोजित तालिममा अधिकारकर्मी शोभा बजगाईं, सुशीला सुवेदी सहितले सहजिकरण गर्नुभएको छ ।

सम्बन्धित खवर