रुसी राष्ट्रपतिले गरे युक्रेनसंग वार्ताको प्रयास, जारी युद्ध अन्त्य हुन सक्ने

रुसी राष्ट्रपतिले गरे युक्रेनसंग वार्ताको प्रयास, जारी युद्ध अन्त्य हुन सक्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाताको प्रयास गरेका छन् । रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि दुई देशका राष्ट्रपतिबीच वार्ताको सम्भावना बढेर गएको छ ।

युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयिप इर्दोगानमार्फत् वार्ताको प्रस्ताव अघि सारेका हुन् । पटिनले वार्तामा केही पूर्वसर्तहरु पनि अघि सारेका छन् । पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न सकिने बताएका छन् ।

पुटिनको मुख्य माग युक्रेन तटस्थ बस्नु पर्ने र नेटोमा आबद्ध हुनका लागि आवेदन दिन नपाउने रहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले यसअघि नै यो कुरा स्वीकार गरिसकेका छन् ।

रुसले युक्रेनको निशस्त्रिकरणको शर्त पनि अघि सारेको छ । यसैगरी युक्रेनमा रुसी भाषाको सुरक्षा र नाजिकरणको अन्त्य गरिनुपर्ने विषयलाई पनि मुख्य मुद्दा बनाइएको छ ।

यदि पुटिनका यस्ता केही सर्तहरुमा जेलेन्स्कीले सहमती जनाएमा तत्काल युद्ध अन्त्य हुने देखिएको छ तर जेलेन्स्कीले पुटिनका सबै सर्त मान्न नसक्ने बताउदै आएका छन् ।

सम्बन्धित खवर