एपेक्स हस्पिटलमा बालकको मृत्यु भएपछि आफन्तले गरे सडक अबरुद्ध

एपेक्स हस्पिटलमा बालकको मृत्यु भएपछि आफन्तले गरे सडक अबरुद्ध

इटहरी, इटहरीको पश्चिम लाईनमा रहेको एपेक्स हस्पिटलको लापारवाहीले तरहरा बरगाछीका ४ बर्षीय सन्देश शाहको मृत्यु भएको छ । बालकका आफन्तहरुले उपचारका संलग्न डाक्टरलाई कार्वाही हुनु पर्ने माग राखि यतिबेला सडक अवरुद्ध बनाएका छन् ।

हस्पिटल भएको क्षेत्रमा बाक्लै प्रहरी परिचालन गरिएको छ । प्रहरीले अबरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई इटहरी स्थित अधिकारी मेडिकलमा ल्याइएको र पछि त्यहाँ उपचार हुन नसकेपछि एपेक्स हस्पिटलमा ल्याइएको थियो ।

डाक्टरले पिसाव, दिसा को ल्याव टेस्ट रिपोर्ट आइसकेपछि फुड पोइजनिङ्ग भएको भन्दै नआत्तिन परिवारलाई भनेका थिए बुधबार राती तर बिहिबार बिहानै सन्देशको मृत्यु भएको सन्देशका बाबुले बताए ।

राती हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको सन्देशका बुबाको भनाई छ । बच्चा नबाँच्ने स्थिती भएपछि एपेक्स हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । तर बच्चाको धरान लाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

विपी प्रतिष्ठान धरानले बच्चालाई ओभर डोज खोप लगाएका कारण मृत्यु भएको बताएको परिवारको भनाई छ । सञ्चारपाटीबाट साभार

सम्बन्धित खवर