आजकाे राशिफल

आजकाे राशिफल

आज २०७८ साल चैत्र ३ गते बिहिबार, तद्नुसार मार्च महिनाको १७ तारिक, फागुनशुक्लपक्ष चर्तुदशी तिथि, पूर्णिमा व्रत, आज पहाडी जिल्लामा होली रहेको छ । होलीको अवसरमा रातको समयमा होलीको चीरदाहा गरिन्छ । बणिज करण, पूर्वफाल्गुनी नक्षत्र, शुल योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः१४ र सूर्यास्त १८ः१३ मा हुनेछ।

आज काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा होली पर्व मनाइन्छ । सरकारले ति जिल्लाहरुमा सार्वजनिक विदा समेत दिएको छ । चन्द्रमासअनुसार आज पूर्णिम तिथि शुरु भएर भोलीसम्म रहन्छ । त्यसैले भोलि तराईमा होली पर्व मनाउने गरिन्छ । होली पर्व आज र भोली दुवै दिन मनाउन सकिन्छ । शुक्रबार नैं पूर्णिमा हो । आजको ग्रहदेव बृहस्पति रहेको छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका व्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा नयाँ काम गर्न मन लाग्नेछ । तपाईले आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको शुरुवात गर्न पनि सक्नुहुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट तपाइको लागि फाइदा हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । व्यापार ब्यबसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । चन्द्रमाको साथ रहेको हुनाले अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई मनमा सन्तोष हुनेछ आज । पारिवारिक समस्या समाधान हुँदै जाने छ । आजका दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । यात्राको लागि शुभ हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातकका लागि आजको दिन यात्राको लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । तपाईम धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुमार र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । बृद्धजनलाई भोजन गराउनु उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : तपाईले आज सूर्योदयको दर्शन गरेर दिनको कार्य शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नैं वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट खुसीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धहरुलाई खानेकुरा दिनुभयो भने तपाईको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शनमात्रले तपाईको मनमा हर्ष छाउनेछ । अध्ययन अध्यापनमा ध्यान दिनु उत्तम हुनेछ ।

सम्बन्धित खवर