पूर्वमन्त्री शेरबहादुर तामाङले दुरुपयोग गरे मेलम्ची खानेपानीको गाडी, साढे सात लाखको मर्मत बिल मेलम्चीमा

पूर्वमन्त्री शेरबहादुर तामाङले दुरुपयोग गरे मेलम्ची खानेपानीको गाडी, साढे सात लाखको मर्मत बिल मेलम्चीमा

सिन्धुपाल्चोक / पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ । सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो । उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको हो । गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन् ।

उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ । गाडी मर्मतमा ७ लाख ६५ हजारको स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन् । उनी भन्छन्, ’मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयो, बुझ्नुपर्छ ।’

ग्यारेजमा यसरी थन्किएको छ गाडी

सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीको गाडी लगेका थिए । उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ । तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो । पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेको तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए ।

सम्बन्धित खवर