धार्मिक सद्‍भाव कायम गरेर होली मनाउन मधेस प्रदेश प्रमुखको आग्रह

धार्मिक सद्‍भाव कायम गरेर होली मनाउन मधेस प्रदेश प्रमुखको आग्रह

जनकपुरधाम / मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले धार्मिक सद्‍भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा मिश्रले होली सांस्कृतिक रहेकाले यसलाई धार्मिक सद्‍भाव, भाइचाराको हिसाबले बनाउनुपर्ने बताए । ’होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना हो,’ उनले भने ।

मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समाजमा धार्मिक सद्‍भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउन ठूलो भूमिका रहेकोको बताए । जनता समाजवादी पार्टीका मधेस प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए ।

सम्बन्धित खवर