स्मिताको उपन्यास ‘हराएको मुस्कान’ लोकार्पण

स्मिताको उपन्यास ‘हराएको मुस्कान’ लोकार्पण

काठमाडौं / गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको बीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकसँगै उक्त कार्यक्रममा विभिन्न १३ जना व्यक्तिहरूलाई सम्मान पनि गरिएको छ ।

स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दिपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जुसरोज श्रेष्ठ, डा.प्रकाश सायमी, डा.सुदीप श्रेष्ठलाई सम्मान गरिएको हो । ‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरूबाट वेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समीक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयम आफै ‘म’ पात्र भएर प्रस्तुत भएकी छन् ।

अभिनेत्री मनिषा कोइरालाले लेखिकाप्रति आफूले गर्व महसुस गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रशंसा गरिन् । क्यान्सर रोगबाट पीडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताइन् । लेखिका घिमिरे पनि क्यान्सरबाट पीडित भएकी थिइन् । उनले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पीडितहरूको उपचार गराइरहेकी छन् । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर