पथरी बहुमुखी क्याम्पस निर्वाचन ः नवनिर्वाचित समितिद्वारा पदभार ग्रहण

पथरी बहुमुखी क्याम्पस निर्वाचन ः नवनिर्वाचित समितिद्वारा पदभार ग्रहण

पथरी, पथरी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् ।

नव गठित समितिको अध्यक्षमा रामकुमार बस्नेत, उपाध्यक्षमा माधव कोइराला, सदस्यहरुमा उद्धवराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्णबहादुर विश्वकर्मा, खगेन्द्रप्रसाद लुईटेल, प्रदिपकुमार राई, विजयजंग बस्नेत, अरूणा राई, दुर्गा सुवेदी दंगाल, पार्वती भण्डारी विष्ट, बर्षा सुब्बा डाँगी त्यस्तैगरी लेखा समितिको संयोजकमा डिल्लीराज दाहाल, सदस्यहरु कमलबहादुर भट्टराई र दुर्गाप्रसाद सिटौलाले पदभार ग्रहण गर्नुभएको थियो ।

पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष बस्नेतले भन्नुभयो– ‘चुनाब एउटा प्रक्रिया मात्र हो । मैले चुनाब बिर्सिसके हामी सबै मिलेर अघि बढ्नेछौं । व्यवस्थापनमा आएका समस्याहरुमा नअल्झिएर हाम्रो दायित्व, कर्तब्य हो भनी अघि बढ्ने हो भने हरेक चुनौतीहरुको सामना गर्न सकिने कुरालाई जोड दिदै क्याम्पसको काममा हिड्दा भएको खर्चको बिल भरपाई प्रशासनमा कहिल्यै पनि पेश नगर्ने प्रतीबद्धता जाहेर गर्छु ।’

कार्यक्रममा नव निर्वाचित समितिलाई पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख दिलिपकुमार राई र कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष मोहनकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपाने शुभकामना दिँदै नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित खवर