लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन

लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन

काठमाडौं / देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।

४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ । लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

सम्बन्धित खवर