पथरी बहुमुखी क्याम्पसको मतदान सकियो, मतगणना सुरु

पथरी बहुमुखी क्याम्पसको मतदान सकियो, मतगणना सुरु

पथरी, मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको मतदान सकिएको छ । आज (शनिवार) भएको मतदानमा ३२० मध्ये २७१ जनाले मतदानमा भाग लिएका छन् ।

दिउसो १ बजेदेखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजे सकिएको हो । हात मतपत्र सटिङको काम भइरहेको छ । केही समयमा नै गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

क्याम्पस सञ्चालक समिति (परिषद) का लागि नेकपा एमालेका तर्फबाट प्रगतिशिल समुहमा राम कुमार बस्नेत अध्यक्ष उमेद्वार रहेका छन् भने अन्य ४ दलको गठबन्धनका तर्फबाट दिपक बस्नेत अध्यक्ष पदमा उमेद्वार रहेका छन् ।

सम्बन्धित खवर