हसन्दह रेडक्रसले ४५ पिन्ट रगत संकलन ग¥यो

हसन्दह रेडक्रसले ४५ पिन्ट रगत संकलन ग¥यो

पथरी, मोरङको पथरी शनिश्चरे ५ र ६ मा रहेको नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाले ४५ पिन्ट रगत संकलन गरेको छ ।

शुक्रबार भएको वृहत रक्तदान कार्यक्रममा महिला, पुरुष गरि ४५ जनाले रक्तदान गरेको हसन्दह रेडक्रस सोसाइटी सभापति भोलानाथ घिमिरेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका लागि पथरीशनिश्चरे ५ र ६ ले आर्थिक सहयोग गरेको घिमिरेले जानकारी दिनुभयो ।

वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको हो । तामाङले सम्बोधन गर्दै रेडक्रसले समाजमा सकारात्मक भूमिका खेलेको, हरेक आपत विपतमा रेडक्रस मानवीय सहायताका लागि सदैव अगाडी सर्ने गरेको बताउनुभयो ।

सम्बन्धित खवर