टेन नवोदय र शिखर एफसि सेमिफाइनल प्रवेश

टेन नवोदय र शिखर एफसि सेमिफाइनल प्रवेश

पथरी, पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको हिजोको खेलमा जित हात पार्दै टेन नवोदय फुटबल क्लब समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा शिखर फुुटबल क्लबलाई १–० ले पराजित गर्दै टेन नवोदय समूह विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो भने पराजित बनेको शिखर एफसि समूह उपविजेता बन्दै सेमिफइनल प्रवेश गरेको छ । यस अघिको खेलमा टेन नवोदयले वाइएफसीलाई पराजित गरेको थियो भने वाइजिएफटीसँग बराबरी खेलेको थियो । यता शिखरले वाइजिएफटी र वाइएफसीलाई हराउँदै उपविजेता बनेको हो ।

शुक्रबारको खेलमा टेन नवोदयका लागि ६९ औं मिनेटमा पेनाल्टी मार्फत मिन धिमालले निर्णायक गोल गरे । नवोदयका सबिन लिम्बूलाई विपक्षीका खेलाडीले डिबक्स एरियाभित्र लडाए पछी पाएको पेनाल्टिलाई सदुपयोग गर्दै धिमालले गोल गरेका थिए । शिखर एफसीले खेलमा पाएको केही राम्रा अवसरहरू गुमाउन पुगेको थियो ।

हिजोको खेलमा विजेता टिममा मिन धिमाल म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र मेडल सहित नगद ३ हजार प्राप्त गरे । शनिबारको खेल वाइजिएफटि र वाइएफसिविच हुनेछ । दुवै टिम समूहको तेस्रो र चौथो बन्दै समूह चरणबाट बाहिरिने निश्चित बनिसकेको छ ।

सम्बन्धित खवर