जागरुप हरिकृतनको वार्षिक उत्सब

जागरुप हरिकृतनको वार्षिक उत्सब

पथरी, मोरङको पथरीशनिश्चरे ३ मा रहेको जागरुप हरिकृतन समुहले १३ औँ वार्षिक उत्सब शुक्रबार सम्पन्न गरेको छ ।

पथरीशनिश्चरे ३ बिरेन्द्रनगरमा बिबिध कार्यक्रम गरि वार्षिक उत्सब सम्पन्न गरेको हो । समुहका जेष्ठ सदस्य गोपिलाल गुरागाई र गंगा देवि खतिवडालाई समुहले सम्मान गरेको छ भने कृतनमा सधै उपस्थित हुने पुर्ण बहादुर भट्टराई र शान्तीराम अधिकारीलाई समेत सम्मान गरिएको थियो ।

समुहकी सचिव यसोदा पोख्रेलले समुहको आर्थिक तथा अन्य प्रतिबेदन पेश गरेको सो कार्यक्रममा म्युजिकल चियर, हाजिरीजवाफ, हण्डी फुटाई लगायतका कार्यक्रम गरिएको थियो । कार्यक्रम रमा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर