पथरी बहुमुखी निर्वाचन विशेष ः काम गरेनौँ भने घरमा आएर घोक्रेठ्याक लगाउनुस – गठबन्धन

पथरी बहुमुखी निर्वाचन विशेष ः काम गरेनौँ भने घरमा आएर घोक्रेठ्याक लगाउनुस – गठबन्धन

भिमराज अधिकारी, पथरी

मोरङको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको चुनावी साधारण सभाका लागि गठबन्धनले उम्मेद्वार तयार गरेको छ । गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकाहरुले आफुहरुले काम नगरे घरैमा आएर घोक्रेठ्याक लगाउन भनेका छन् ।

नेकपा एमालेका तर्फबाट पाहुना उम्मेद्वार उठाउने कुरो बुझेपछि गठबन्धन तर्फबाट उपाध्यक्षका उम्मेद्वार माधव प्रसाद कोइरालाले भने ‘हामीहरु सदैव पथरीमा नै रहने छौँ, काम गरेनौँ भने घरमा आएर घोक्रेठ्याक लगाउनुस ।’ ५ वर्ष भित्रमा गुणस्तरीय, प्रविधि मैत्री, क्यु.ए.ए. सम्बन्धन प्राप्त, यातायात मैत्री क्याम्पस बनाउने गठबन्धनको प्रतिवद्धता छ ।

क्याम्पस स्थापना कालदेखि एमाले निकटहरुले नेतृत्व गरिरहेका छन् । क्याम्पसमा समयमा तलब नपाउने, यातायातको असुविधा, शैक्षिक गुस्तर कम हुनु, क्याम्पस प्रमुख नै दुवैतिर स्थाइ रहनु लगायतका थुप्रै समस्याहरु रहेका छन् । क्याम्पस बिरामी भएको र अब निर्वाचन जितेपछि के कस्तो बिरामी रहेछ चेकजाँच गरेर उपचार गर्ने गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार दिपक बस्नेतले बताए ।

भोली २८ गते हुने निर्वाचनका लागि मुख्य गरि ४ दलले संयुक्त उम्मेद्वार अगाडी सारेका छन् । एकीकृत समाजवादी पार्टीका तर्फबाट दिपक बस्नेत अध्यक्ष पदमा रहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट माधव कोइराला रहेका छन् । नेकापा माओवादी केन्द्र र जनता समाजवादीलाई सदस्य पदमा वढि कोटा दिइने सहमती भएको गठबन्धनले जनाएको छ ।

मुख्य गरि ४ वटा दल गठबन्धनमा देखिए पनि नेकपा एमाले बाहेक सबै दलले गठबन्धनलाई साथ दिएको र गठबन्धन भित्रै रहेको नेकपा माओवादी केन्द्रका पथरीशनिश्चरे नगर इन्चार्ज दिननाथ तिम्सिनाले जानकारी दिए । गठबन्धनका उम्मेद्वारका बारेमा आज एक पत्रकार सम्मेलन गरि आधिकारिक रुपमा उम्मेद्वारी रहेको जानकारी दिइएको हो ।

सम्बन्धित खवर