लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सन्तोषजनक

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सन्तोषजनक
पथरी शनिश्चरे, २५ फागुन
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सूचकमा पथरी शनिश्चरे नगरपालिकाको अवस्था सन्तोषजनक रहेको पाइएको छ ।
स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नगरपालिका कार्यालयमै राखेको कार्यशालामा त्यस्तो अवस्था रहेको तथ्य प्राप्त भएको हो । सरकारले तय गरेको विभिन्न सूचकका आधारमा स्वमूल्याङ्कनको विधि अनुरुपको परीक्षणमा नगरले सन्तोषजनक अंक प्राप्त गरेको प्रादेशिक प्रशिक्षण केन्द्रका प्रशिक्षक एवम् कार्यक्रम सहजकर्ता मीना विष्टले जनाउनु भयो ।
कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्ले, लेखा प्रमुख पिताम्बर वस्ती सहित वडाध्यक्ष, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर