अपाङगता भएका आर्थिक विपन्नलाई सिरक वितरण

अपाङगता भएका आर्थिक विपन्नलाई सिरक वितरण

पथरी, मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा अपाङगता भएका आर्थिक विपन्न परिवारका लागि फाइबर सिरक वितरण कार्यक्रम अघि सारिएको छ ।

वडाको गत वर्ष र चालु वर्षको गरी २ लाख ५० हजार रुपैयाँको बजेटमा सन्थाल टोलमा सिरक वितरण कार्यक्रम थालिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्य देवीप्रसाद घिमिरे सहितले सिरक वितरण गर्नुभयो । अन्य टोलमा समेत वितरण गरिने वडा सदस्य घिमिरेले जनाउनु भयो ।

यसैबीच, नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत आर्थिक विपन्न १० जना एकल ज्येष्ठ महिलाहरुका लागि दाउरा प्रयोग गर्ने बायोमास चुल्हो पनि विरतण गरिएको छ ।

सम्बन्धित खवर