पथरीशनिश्चरे फुटबल प्रिमियर लिग ः शिखर एफ.सी.ले ६ अंक जोड्यो

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग ः शिखर एफ.सी.ले ६ अंक जोड्यो

पथरी, मोरङको पथरीशनिश्चरेमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को मंगलबारको खेलमा शिखर एफ.सी.ले ६ अंक जोड्दै आफ्नो यात्रा अगाडि बढाएको छ । दोश्रो खेलमा शिखर एफ.सी.ले वाइ एफ.सी.लाई १–० गोल अन्तरले पछि पार्दै आफ्नो क्लबको यात्रालाई अगाडि बढाएको हो ।

पहिलो हाफको अतिरिक्त समयमा शिखर एफ.सी.का दिलकुमार लिम्बुले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । कर्नर किक मार्फत पाएको सुनौलो अवसरलाई सदुपयोग गर्दै उनले गोललाई जाली चुमाउन सफल भए । खेल अवधिमा वाइ एफ.सी.ले केही निकै राम्रा अवसरहरू पाए पनि गोल गर्न चुकेपछि आजको खेलमा अंक बिहिन बन्न पुग्यो ।

सम्बन्धित खवर