उर्लाबारी मेयर कपको उपाधिका लागि वडा नं. ६ र ७ भिड्ने

उर्लाबारी मेयर कपको उपाधिका लागि वडा नं. ६ र ७ भिड्ने

उर्लाबारी, उर्लाबारीमा सञ्चालित तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ६ र ७ भिड्ने भएका छन् ।

उर्लाबारी–६ स्थित राधिका मा.विको खेल मैदानमा आज भएको दोश्रो तथा अन्तिम सेमिफाईनल खेलमा वडा नम्बर १ लाई ३–० गोल अन्तरले हराउँदै वडा नम्बर ७ ले फाईनलमा वडा नम्बर ६ सँगको भेट पक्का गरेको हो ।

वडा नम्बर ७ लाई फाईनलमा पुर्याउन सुरेश राई, सोनाम इङनाम र नवराज दियालीले एक/एक गोल गरे । यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा वडा नम्बर ५ लाई टाईब्रेकरमा हराउँदै वडा नम्बर ६ फाईनलमा पुगेको थियो । फाईनल खेल फागुन २३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित खवर