पथरीमा जुनियर यूवा रेडक्रस सर्कल गोष्ठीको उद्घाटन

पथरीमा जुनियर यूवा रेडक्रस सर्कल गोष्ठीको उद्घाटन

पथरी, मोरङको पथरीशनिश्चरेमा ३९ औं जिल्ला स्तरिय जुनियर यूवा रेडक्रस सर्कल मोरङको दुई दिने गोष्ठीको उद्घाटन भएको छ । पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईले रेडक्रसका संस्थापक डा हेनेरी ड्युनाको प्रतिमामा माल्यार्पण सहित दिप प्रज्ज्वलन गरेर उक्त गोष्ठीको उद्घाटन गरेका हुन् । पथरी बहुमुखी क्याम्पसको सभाहलमा उद्घाटन भएको गोष्ठि भोली सम्पन्न हुने छ ।

गोष्ठीका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख राईले रेडक्रसको भावना र मर्मलाई आत्मसात् गर्दै मानवीय सेवाको लागि तत्पर रहन गोष्ठी सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख राईले नगरभित्र रेडक्रसकर्मीले प्राथमिक स्वास्थ्य र मानवीय सेवा सम्बन्धी गतिविधि संचालन गर्न नगरले पनि सक्दो सहयोग गर्ने बताए । नगरको तर्फबाट शनिश्चरे उप – शाखाको आगामी गतिबिधि संचालन गर्नकालागि यसै आर्थिक वर्षमा ५ लाख ५५ हजार रुपैयाँ वजेट विनियोजन गरेको उनले बताए ।

लामो समयदेखि रेडक्रसको भावना अनुसार मानवीय सेवा प्रदान गर्दै आएका दुई शिक्षक नायक दुर्गा सुवेदी र विन्देश्वर मण्डललाई कार्यक्रममा सम्मान गरिएको थियो । सोहि अवसरमा २०७७ को उत्कृष्ट प्रथम,दृतिय तथा तृतीय स्थान हासिल गरेका सर्कलमा आवद्ध भएका विद्यालयहरु, शिक्षक नायकहरू, विद्यार्थीहरूलाई जुनियर तथा यूवा सर्कल पुरस्कार वितरण गरिएको थियो ।

गोष्ठिमा जुनियर रेडक्रस सोसाइटीका प्रदेश नं १ का महामन्त्री रिसीकेश कोइराला, जिल्ला रेडक्रस शाखाका उपाध्यक्षद्वय मन्दीरा गुरागाई तथा रामानन्द यादव, पथरी बहुमुखी क्याम्पसका प्राचार्य चेतन पौडेल, नेपाल जुनियर यूवा सर्कल मोरङ्ग जिल्ला संयोजक शिवराज कोइराला लगायतको उपस्थिति रहेको थियो । रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरगित “हाम्रो प्यारो पथरीशनिश्चरे’’ मा स्वागत नृत्य पस्किएका थिए । कार्यक्रममा पोखरीया माविका प्राचार्य नरेन्द्र न्यौपानेले यस अघिको ३८ औं जुनियर रेडक्रस सर्कल गोष्ठी मोरङको प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठिमा बोल्र्दै रेडक्रस शाखाकी उप सभापति मन्दीरा गुरागाईंले जुनियर तथा यूवा सर्कलमा आवद्ध शिक्षक तथा विद्यार्थीहरुलाई रेडक्रसको भावनाअनुरुप मानवीय सेवा उपलव्ध गराउने प्रतिवद्धता जनाएकी थिइन् ।

गोष्ठिको अध्यक्षता पथरी बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहन कुमार न्यौपानेले गरेका थिए । गोष्ठिमा जिल्लाका ६१ वटा सामुदायीक तथा संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: