पथरी शनिश्चरे प्रिमियर लिग ः सिरिजंघाको विजयी सुरुवात

पथरी शनिश्चरे प्रिमियर लिग ः सिरिजंघाको विजयी सुरुवात

पथरी, पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा निक्कै आशा गरिएको सिरिजंघा एफ.सी.ले पहिलो खेलमा विजयी यात्रा सुरुवात गरेको छ ।

शनिबार भएको ग्रुप ‘बी’ अन्तर्गतको पहिलो खेलमा सिरिजंघाले देविगन्ज एफ.सी.लाई ३–० गोल अन्तरले पराजित गर्दै सुखद यात्रा सुरु गरेको हो ।

खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी प्राप्त गर्दै सिरिजंघाका क्याप्टेन जहरमान लिम्बुले गोलको खाता खोलेका थिए । देविगन्जका डिफेन्सले सिरिजंघाका विवेक आङ्देम्बेलाई डी एरियामा फल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो । यसैगरी ४२ औं मिनेटमा सिरिजंघाकै विवेक आङ्देम्बेले दिएको पासलाई सही सदुपयोग गर्दै विशाल साँवाले गोल गरेका थिए । निकै आक्रमक रुपमा मैदानमा देखिएको सिरिजंघाका तर्फबाट खेलको अन्तिम मिनेटमा संयोग थापाले गोल थपेपछि सिरिजंघाले ३–० को सहज जित निकालेको हो ।

खेलमा निक्कै कसरत गरे पनि स्कोर गर्न नसक्दा देविगन्जले अंक जोड्नबाट वञ्चित हुनुप¥यो । देविगन्जले पाएको ३ वटा सुन्दर अवसरहरुले जाली चुम्न नसक्दा हार व्यहोर्नुपरेको मेनेजर मदन राईले बताए । खेलको म्यान अफ द म्याच सिरिजंघाका रोनी तामाङ घोषित भए ।

भोलिको खेल समूह ‘बी’ बाट न्यू स्टार एफ.सी. र द रियल ब्रदर्श एफ.सी. बीच हुने आयोजकका भक्त राईले जानकारी दिए ।

सम्बन्धित खवर