पथरीशनिश्चरे प्रिमियर लिग ः डिफेन्डिङ च्याम्पियन टेन नवोदयको विजयी सुरुवात

पथरीशनिश्चरे प्रिमियर लिग ः डिफेन्डिङ च्याम्पियन टेन नवोदयको विजयी सुरुवात

पथरी, मोरङको पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन १० नवोदय विजयी भएको छ ।

१० नवोदयले वाई.एफ.सी.लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको ३४ औं मिनेटमा १० नवोदयका विवेक लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यसैगरीगरी खेलको ५३ औं मिनेटमा वाई.एफ.सी.का भिषन राईले गोल नियन्त्रण गर्ने क्रममा आफ्नै पोलमा गोल गर्न पुगेका थिए । वाईएफसीले खेलको ६८ औँ मिनेटमा १ गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि जितको लागि गोल गर्नबाट चुके । वाईएफसीका लागि सुवास राईले रोबिन राईको पासमा हेड मार्फत् सान्त्वना गोल फर्काए ।

खेलको अन्त्यतिर खेलमा फर्कने प्रयास गरिरहेको वाईएफसीको तर्फबाट खेलको ७७ औं मिनेटमा अमृत राईले पनि भीषन राईले झै आफ्नै गोलपोष्टमा गोल गरे । अन्ततः १० नवोदय विजयी बन्यो । जितसँगै १० नवोदयले खेल तालिकामा ३ अंक जोडेको छ भने वाईएफसी अंकविहिन बन्न पुग्यो । खेलमा वाईएफसीले थप गोल गर्ने अवसरहरु पाएता पनि गोल गर्नबाट चुक्दा हार व्यहोर्न बाध्य भयो ।

खेलको मेन अफ द म्याच विजेता टिमका विवेक लिम्बु घोषित भए । उनलाई उद्योग वाणिज्य संघका अध्यक्ष तथा खेलको प्रमुख अतिथि धनकुमार तामाङले ट्रफी मेडल र ३ हजार नगद प्रदान गरे । भोलिको खेल समूह ‘बी’ बाट देविगञ्ज फुटबल क्लब र सिरिजंघा फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर