पथरीशनिश्चरे फुटबल प्रिमियर लिग सुरु, उद्घाटन खेलमा शिखर फुटबल क्लब विजयी

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग सुरु, उद्घाटन खेलमा शिखर फुटबल क्लब विजयी

पथरी, मोरङको पथरीशनिश्चरेमा आजबाट शुरु पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर फुटबल क्लबले विजयी शुरुवात गर्दै खेल तालिकामा ३ अंक जोडेको छ ।

शिखर फुटबल क्लबले वि एण्ड वि वाईजिएफटि फुटबल क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै सो अंक जोडेको हो । शिखर फुटबल क्लबका लागि सौरज राउतले खेलको ४५ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बनेको हो । वाईजिएफटिले गोल गर्ने केहि अवसरहरु प्राप्त गरेपनि गोल गर्न बाट चुकेपछि अंकविहिन बन्न वाध्य भयो । आजको खेलको मेन अफ द म्याच विजेता टिमका सौरज राउत घोषित हुदैँ नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

लिगको दोस्रो चरणको खेलमा शिखर फुटबल क्लबले वाइएफसिसँग खेल्नेछ भने वाईजिएफटिले टेन नवोदयसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलीको खेल टेन नवोदय र वाइएफसिविच हुनेछ । टेन नवोदय यस लिगको डिफेन्डिङ् च्याम्पियन रहेको छ ।

लिगको समुह ए मा वाइजिएफटि, शिखर फुटबल क्लब, टेन नवोदय र वाइएफसि रहेका छन् भने समुह बि मा देविगञ्ज फुटबल क्लब, न्यू स्टार फुटबल क्लब, द रियल ब्रदर फुटबल क्लब र सिरिजङ्गा फुटबल क्लब रहेका छन् । प्रतियोगीताका सम्पूर्ण सहभागी टिमहरुमा अक्सनमार्फत खेलाडि अनुबन्धित गरिएको छ । प्रत्येक टिममा १/१ मार्कि खेलाडि सहित अक्सनबाट चुनिएका खेलाडि रहेका छन् ।

लिगको विजेता टिमले २ लाख ५१ हजार रुपैयाँ, उपविजेताले १ लाख ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोरर्, बेष्ट कोच, राइजिङ प्लेयरले जनहीँ ७ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ ।

यसअघि प्रतियोगीताको औपचारीक उद्घाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले गर्नुभएको थियो । प्रतियोगिताको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गरेको छ भने प्रतियोगिताको मुख्य सहयोगी पथरीशनिश्चरे नगरपालिका रहेको छ ।

सम्बन्धित खवर