अमरदह ढल्के जोवन गोल्डकप ः बुद्ध भुमी रुपन्देहीलाई हराउदै गोर्खा फुटबल क्लव सेमी फाइनल प्रवेश

अमरदह ढल्के जोवन गोल्डकप ः बुद्ध भुमी रुपन्देहीलाई हराउदै गोर्खा फुटबल क्लव सेमी फाइनल प्रवेश

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी अमरदह ढल्के जोवन गोल्डकपमा भारतको गोर्खा फुटबल क्लव सिक्किम सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्ध भूमी भेट्रान्स रुपन्देहीलाई २–० गोल अन्तरले हराउदै सिक्किमले सेमिफाइनल यात्रा तय गरेको हो । खेलको २३ औँ मिनेटमा सिक्किमका ज्याकोभको पासलाई हेड गर्दै सुमन सुवेदीले उत्कृष्ट गोल गरे । पहिले हाफमा १–० ले पछि परेको बुद्ध भूमीलाई खेलको ५६ औँ मिनेटमा पूनः सिक्किमका कप्तान डेनी राईले गोल गर्दै २–० को अग्रता दिलाए ।

खेल अवधिभर पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा रुपन्देही घर फर्कन बाध्य भयो । आजको खेलको म्यान अफ दि म्याच सिक्किमका गोल रक्षक मनोज कुमार सेन्चुरी घोषित भए । सेन्चुरीले नगद ५ हजार रुपैयाँ साथमा ट्रफी प्राप्त गरे । यससंगै सिक्किम अमरदह ढल्के जोवनको सेमीफाइनलमा पुगेको छ । शुक्रबारको खेल बि.आर.सी. भुटान र त्रिभुवन आर्मी क्लव काठमाडौँ बिच हुने छ ।

सम्बन्धित खवर