पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आजबाट, उद्घाटन खेलमा वाई.जी.एफ.टी र शिखर भिड्ने

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आजबाट, उद्घाटन खेलमा वाई.जी.एफ.टी र शिखर भिड्ने

पथरी, मोरङको पथरीशनिश्चरेमा इन्ट्रा नेश्नल पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ आजबाट सुरु हुँदैछ ।

आज २ बजेबाट हुने उद्घाटन खेलमा बि एण्ड बी वाई.जी.एफ.टी र शिखर एफसी बीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा जित निकाल्ने दाउमा छन् ।

नगर भित्रका युवा खेलाडीहरुलाई अक्सन गरेर पूर्ण रुपमा तयारीमा रहेको वाइ.जि.एफ.टी. क्लवका अध्यक्ष नविन ढकालले जानकारी दिए । पहिलो संस्करणमा वाइ.जि.एफ.टी. समुहको चौथो स्थानमा रहेको थियो । लिगकम नकआउटमा खेल हुने भएकाले पहिलो खेलमा नै शिखरलाई पाखा लगाउदै ३ अंक हात पार्ने दाउमा वाइ.जि.एफ.टी. छ । टिममा संजय लिम्बु, सायन लिम्बु मिडफिल्ड रहेका छन् भने पथरी स्पोर्टिङमा क्याप्टेन रहेका सुमन राई लगायतको उत्कृष्ट टिम वाइ.जि.एफ.टी.संग छ । निमन लिम्बु, रोमन न्यौपाने र रुपेश श्रेष्ठ डिफेन्स लाइनमा रहने छन् । वाइ.जि.एफ.टी.लाई जित दिलाउनका लागि मनोज गुरुङ गोल रक्षकको भूमिकामा रहने छन् ।

यस्तै, वाइ.जि.एफ.टी.संगको खेलमा जित निकाल्ने दाउमा शिखर एफ.सी. रहेको छ । टाइटल उचाल्ने दाउमा रहेको शिखरले पञ्चायत मा.वि.मा निरन्तर तयारी गरिरहेको छ । बि.डिभिजन लिग खेल्ने खेलाडीहरु पनि शिखरसंग रहेका छन् । साइमन लिम्बु खेल्ने छन् । लिम्बु हाल चर्च ब्वाइबाट हाल बि डिभिजन खेलिरहेका छन् । श्री भगवतीबाट खेलिरहेका अर्जुन बस्नेत जो पहिलो संस्करणमा १० नवोदयको क्याप्टेन समेत रहेका थिए । सि डिभिजन खेलिरहेका निरज परियार (काउली) र सौर्य रउत्त लगायतका उत्कृट खेलाडीहरु रहेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेश्नल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गरेको छ ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुख्य नाराको साथ हुने खेलको सबै तयारी पूरा भएको खेल संयोजक तथा आयोजक कमिटीका उपाध्यक्ष बिकी राईले जानकारी दिए ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको तर्फबाट कलाकार रमित ढुंगाना लगायतको उपस्थितिमा भब्य उद्घाटन हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर