धरान, धरान ४ स्थित कोशी राजमार्गको धरान–भेडेटार सडक खण्डमा फेरि एक पुरुष मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख नरेन्द्र कुँवरका अनुसार धरान(४ देवीथान नजिकमा पर्ने सडक किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो । शवको अहिले सम्म सनाखत भएको छैन ।
स्थानीयका अनुसार मृतक मागेर हिँड्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । केही दिनदेखि भेडेटार क्षेत्रमा मागेर हिँडेको स्थानीयले देखेका थिए ।
मृतकको शरीरमा केही पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । शवको मुचुल्का गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन नसकेपछि प्रहरीले हुलिया सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कपुरी न्युजबाट