धरानको होटलमा मृत फेला परेकी महिलाको सनाखत

धरानको होटलमा मृत फेला परेकी महिलाको सनाखत

धरान, बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०९ मा फेला परेकी महिलाको सनाखत भएको छ ।

मृतकका छोरा र छोरीबाट शवको पहिचान भएको हो । मृतक पाँचथरको मिक्लाजुङ १ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको छ ।

उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् । मृतकसँगै भेटिएको नागरित्ताको आधारमा मृतकका छोराछोरीलाई प्रहरीले धरान झिकाउन सफल भएको प्रहरीले बताएको छ ।

मृतकको अनुहारमा चोट लागेकोले उनको हत्या भएको हुन सक्ने भन्दै उनीसँगै दुई दिन देखि सोही कोठामा बस्दै आएका पुरुषको प्रहरीले खोजी गरिरहेको छ । मृतकको शवको मुचुल्का उठाएर अहिले प्रतिष्ठानको शव गृह लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए । कपुरी न्युजबाट

सम्बन्धित खवर