पोखरा भेट्रान्स अमरदह ढल्के जोवन गोल्डकपको सेमिफाइनलमा

पोखरा भेट्रान्स अमरदह ढल्के जोवन गोल्डकपको सेमिफाइनलमा

पथरी, पोखरा ११ भेट्रान फुटबल क्लब मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा पोखराले सुन्सरीको द योङ्ग व्रोदर्स ईटहरीलाई ५–३ को गोल अन्तरले हराउँदै पोखरा भेट्रान फुटबल क्लब अघिल्लो चरणमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल भएको उक्त प्रतियोगिताको निर्धारित समयमा बराबरी भएपछि ट्राइवेकरको साहारा लिनु परेको थियो । दुवै टिमले पटक पटक गोल गर्ने थुप्रै प्रयास गुमाएका थिए । ट्राईव्रेकरमा पोखरा भेट्रान क्लबले लगातार ईटहरीको योङ्ग व्रोदर्सलाई ३ को विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको हो।

प्रतियोगिताको म्यान अफ दि म्याच पोखरा भेट्रान क्लबमा अनुबन्धित विदेशी खेलाडी जर्सी नं. १५ का एल एक्स घोषित भए । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरे ।

भोलि मंगलबार आयोजक अमरदह ढल्के जोवन फुट्बल क्लब र बुद्ध भूमि भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने गोल्डकप अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।

सम्बन्धित खवर