एमाले सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ

एमाले सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ

नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीय पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँ विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए । अनलाइन खबरबाट

सम्बन्धित खवर