उर्लाबारीको गोदावरी हस्पिटलले फरक समुहको रगत चढाएपछि बिरामीको मृत्यु

उर्लाबारीको गोदावरी हस्पिटलले फरक समुहको रगत चढाएपछि बिरामीको मृत्यु

उर्लाबारी, बिरामीलाई फरक समुहको रगत चढाएपछि मोरङ उर्लाबारी ६ का अनिल अग्रवालको मृत्यु भएको छ । लगातार खोकी लागेपछि उपचारका लागि मोरङको उर्लाबारीमा रहेको गोदावरी अस्पताल पुगेका अग्रवालको चिकित्सकको लाहपर्वाहीका कारण मृत्यु भएको आफन्तको भनाइ छ ।

प्राप्त जानकारी अनुसार माघ ६ गते अनिललाई उपचारार्थ गोदावरी हस्पिटल भर्ना गरिएको थियो। खोकी नरोकिएपछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले भनेका थिए। उपचारकै क्रममा विमारीलाई रगत आवश्यक भएको जनाउदै गोदावरी हस्पिटलले उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पतालको रक्तसञ्चार केन्द्रमा रगत सिफारिस गरिदिएको थियो।

अनिल ए पोजेटिभ ब्लड ग्रुप थियो । मृतकका दाजु राजेश अग्रवालले भने ‘तर, गोदावरी हस्पिटलले बी पोजेटिभ रगत सिफारिस गरेछ, जसका कारण फरक समुहको रगत चलाइदिदा मेरो भाइले ज्यान गुमाउनु पर्यो।’

थप रगतका लागि दमक रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रले रगत उपलब्ध गराउन अस्वीकार गरेपछि अनिललाई फरक समुहको रगत चलाएको खुल्न आएको राजेशले बताए।

दोस्रो पटक रगत चढाउन दमक रेडक्रसमा सिफारिस गरिएपछि ए पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिलाई बी पोजेटिभ रगत मागिएको खुल्न आएको थियो।

यसबीचमा मंगलबारे रक्तसञ्चारबाटै पहिलोपल्ट उपलब्ध रगत बिमारीलाई चढाइसकिएको थियो, जुन बी पोजेटिभ थियो।

हस्पिटलको लापरबाहीबारे सबुतसहित जानकारी गराउदा ‘ए मिस्टेक भएछ, आतिनु पर्दैन ।’ भन्दै गोदावरी हस्पिटलका संचालक र चिकित्सकले घटनालाई सामान्य रुपमा लिएको राजेशले बताए।

हस्पिटलमा कार्यरत चिकित्सक शिवनारायण साहले ए पोजेटिभ रक्तसमुहका बिमारीलाई बी पोजेटिभ रगत चढाए लगत्तै अनिलको मृत्यु भएको हो। कस्मेटिक पसल चलाउदै आएका अनिलका श्रीमती र दुई नाबालक सन्तान छन्।

अग्रवालको मृत्युको विषयमा अस्पतालले पनि प्राविधिक त्रुटि भएको स्वीकारेको छ । हस्पिटलका संचालकसमेत रहेका मेडिकल डाइरेक्टर डा. सुर्यनारायण शाहले लापरबाही भएको स्वीकार गरेका छन् । अग्रवालको मृत्युमा ब्लड मात्रै कारण नभएर फोक्सो कामै नलाग्ने भएको, निमोनिया भएको शाहले बताए ।

मृतक शाहको दाहसंस्कार गरिसकिएको छ तर कागजातहरु सुरक्षित रहेकाले सबैसंग छलफल गरेर अगाडी बढ्ने अग्रवाल परिवारको तयारी छ । सोही विषयमा आज २ परिवारले पत्रकार सम्मेलन समेत गर्ने भएको छ ।

सम्बन्धित खवर