वडा नं. १० मा गुडिया तालिम समापन

वडा नं. १० मा गुडिया तालिम समापन

पथरी, मोरङको पथरी शनिश्चरे १० मा आज गुडिया तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले घरमै बसेर व्यवसायिक हुने काममा महिलाहरु लाग्न अनुरोध गर्नुभयो ।

दलित सेवा संघले आयोजना गरेको दलित समुदायका महिलाहरुका लागि आयोजनका गरेको १ महिने गुडिया तालिमले सो समुदायका लागि घरमै बसेर व्यवसायिक वन्ने उत्प्रेरणाको ढोका खोलेको उपप्रमुख वास्तोलाको ठहर छ ।

उर्मिला महराको अध्यक्षताको कार्यक्रममा, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, दलित सेवा संघ नगर सदस्य पदम बर्देवा, समाजसेवी अर्जुन पोखरेल सहितले मन्तव्य व्यक्त गर्नुभयो । सो वडामा महिलाहरुको लागि सिलाई कटाई तालिमको निरन्तरताको समेत तयारी भएको जानकारी गराइएको छ । वडाको दलित लक्षित कार्यक्रम अन्तर्गतको ८० हजार रुपैयाँ बजेटमा तालिम सम्पन्न भएको हो । तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । धनमाया राईले तालिमको सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर