अमरदह ढल्के जोवनमा द योङ ब्रदर्स क्वाटर फाइनलमा

अमरदह ढल्के जोवनमा द योङ ब्रदर्स क्वाटर फाइनलमा

पथरी, मोरङको सुनवर्षी २ मा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत शनिवार भएको खेलमा द योङ ब्रदर्स सुनसरी बिजयी भएको छ ।

संघर्षपुर्ण खेलमा मकवानपुरको पिप्ले युवा क्लब हेटौंडालाई १ –० ले हराउँदै सुनसरीको योङ ब्रदर्स क्वाटर फाइनलमा प्रवेश गरेको हो । आजको खेलमा ६७ औँ मिनेटमा सुनसरीका जयनारायण चौधरीले एकमात्र निर्णायक गोल गरे ।

आजको खेलमा सुनसरीका जर्सी नं. १९ का गणेश हेमरम म्यान अफ म्याच घोषित भए । हेमरमले नगद ५ हजार र ट्रफि प्राप्त गरे । आइतबार पुर्वाञ्चल भेट्रान झापा र दार्जिलिङ बीच खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर