पथरीशनिश्चरे नगरपालीकाको अन्तिम नगरसभा सम्पन्न

पथरीशनिश्चरे नगरपालीकाको अन्तिम नगरसभा सम्पन्न

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । सम्पन्न नगरसभाका निर्णयहरुबारे बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको थियो ।

संघीय गणतन्त्रको स्थापना पश्चात २०७४ असार १४ गने स्थानीय तहको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिहरुले २१ गते पदभार ग्रहण गरेका थिए । संघीय सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन तोकि सकेको छ ।नगर उपप्रमुख यमुना बिष्ट (बास्तोला), प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, प्रवक्ता यामप्रसाद गुरागाई, वडा अध्यक्षहरुको उपस्थितिमा नगरसभाका निर्णयहरु सर्वानिक गरिएको थियो ।

नगर सभाले आर्थिक बर्ष २०७८÷०७९ को बिनियोजित बजेटको टेन्डर प्रकृयाबाट बचेको एक करोड २४ लाख रकम बिभिन्न २२ शीर्षकमा बाँडफाँड भएको २ नं.वडा अध्यक्ष समेत रहेका प्रबक्ता यमप्रसाद गुरागाईले बताए । बजेट सडक, पुल मर्मत, पाठ्यक्रम बिकास, अनुदान, भवन निर्माण लगायतमा लगाइएको प्रस्तुत बिज्ञप्तिमा उल्लेख छ । नगरसभाले प्रदेश तथा संघीय सरकारसँग श्रोत ब्यबस्थापन गरेर बिभिन्न २९ वटा बुँदामा थप १ करोड ४ लाख ७५ हजारको योजनाहरु सार्वजनिक गरेको छ ।

कार्यकालमा नगरमा सपिङ कम्प्लेक्स निर्माण प्रकृया अघि बढेको, नगर अस्पताल संचालन, श्रमिक कल्याण कोष, स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक प्रकाशन, विद्यार्थीलाई शैक्षिक ऋण, पर्यटन प्रवर्धन, क्यान्सर मृगौला पीडित लगायत ८ प्रकारका दीर्घरोगीहरुलाई १५ हजारको दरले फलफुल खर्च प्रदान, ७० बर्ष माथिका बृद्धबुद्धालाई प्रदेशभर एम्बुलेन्स खर्च ब्याबस्था, ८० माथिकालाई घरघरमा स्वास्थ्य परीक्षण, कृषि तथा पशुपालनमा पकेट क्षेत्र, कोशेली घर निर्माण लगायतको योजनाहरु निर्माण तथा निर्माण सम्पन्न हुन लागेको बिज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकामा दलितसँग नगर प्रमुख, छात्रासँग उपप्रमुख, नगरमालिकामा २ हजार ९० वटा उजुरी (मुद्धा) मिलाएर न्यायिक समिति १ नम्बर प्रदेशमै उत्कृष्ट भएको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले बताइन । कार्यपालिकाको १२९ वटा बैठक बसेको उल्लेख छ । कार्यकालभर ३५ किलोमिटर सडक कालोपत्रे भएको, सुकुम्बासी समस्या समाधानको लागि प्रकृया अघि बढेको र यो आर्थिक वर्षमा १९.० प्रतिशत पुँजिगत, ४९.९९ प्रतिशत चालु खर्च भएको भएको उल्लेख छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जवाफ दिदै उपप्रमुख यमुना बिष्ट बास्तोलाले नगरपालिकाको भवन बिभिन्न मुद्धाको कारण निर्माण, टिममा कुरा नमिल्दा जनता आभास कार्यक्रम संभव नभएको, पथरीको मुन्दुम चोकको सार्वजनिक स्थालमा निर्मित भवन कुन बजेट र कहाँको निर्णय अनुसार निर्माण भएको भन्ने प्रस्नमा नगर प्रमुख दिलिपकुमार राईलाई सोध्नु पर्ने बताएका थिए । यो भवन बारे केही महिना अघि चार दलीय गठबन्धनले समेत यसैगरी कहाँको निर्णय र श्रोतले बनेको भन्ने प्रस्न लिखित रुपमै उठाएको थियो ।

 

सम्बन्धित खवर