काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि

काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि

काठमाडौँ । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ ।

दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर