सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

काठमाडौँ / सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ । चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

 

सम्बन्धित खवर