अपाङ्गता भएकाहरुलाई ब्लाङ्केट वितरण

अपाङ्गता भएकाहरुलाई ब्लाङ्केट वितरण

पथरी, मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा अपाङ्गता भएकाहरुका लागि ब्लाङ्केट वितरण गरिएको छ ।

वडाको ५० हजार रुपैयाँको अपाङ्गता लक्षित बजेटमा संगम अपाङ्गता मिलिजुली समूहको सहभागितामा ९० जनालाई एक एक वटा ब्लाङ्केट वितरण गरिएको हो । कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, अपाङ्गता समूह अध्यक्ष विष्णु अधिकारी, सचिव शेरबहादुर तामाङ, सहसचिव तिलबहादुर पाण्डे सहितले वितरण गर्नुभयो ।

यसैबीच, वडाको दलित लक्षित कार्यक्रमको ८० हजार रुपैयाँको बजेटमा दलित सेवा संघले १ महिने गुडिया तालिम सुरु गरेको छ । वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य सहितको सहभागितामा तालिम सुरु भएको हो ।

यस्तै, मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा निःशुल्क पशु उपचार शिविर सञ्चालन गरी ४ हजार ९ सय ७७ पशुपंक्षीको उपचार तथा औषधि वितरण गरिएको छ ।

नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय २० घरधुरीका २ सय ८४ गाई÷भैंसी, १ हजार १ सय ८ बाख्रा, २ हजार ३ सय ४० कुखुरा, १ हजार २ सय ४५ बंगुरलाई औषधि प्रदान गरिएको शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । जसमध्ये, ४ हजार २ सय ४६ को मेडिकल उपचार, ६ सय ४१ को माइनर सर्जिकल उपचार र ९० को गाइनोक्लोजिकल उपचार गरिएको छ ।

नगरको १ लाख रुपैयाँ बजेटमा सञ्चालित शिविरमा वडाध्यक्ष सागर राई सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर