शरणार्थी शिविरमा आगलागी ९ लाख बढिको क्षति

शरणार्थी शिविरमा आगलागी ९ लाख बढिको क्षति

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा करिब ९ लाख बढीको क्षति भएको छ।

सो स्थानमा रहेका २ वटा परिवारको टहराहरू र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । सेक्टर ए हट नं १८ का तिलक राईको पुरानो तीन वटा टहराहरुमा राखिएको अत्यावश्यक खाद्यन्न, लुगाफाटा, भाडाकुडा मोवाइल ३ थान, साईकल २ थान, सिलिन्डर ग्यास २ थान, ३ तोलाको गरगहना र बन्दै गरेको कंक्रिट घरको लागि जोहो गरी राखेको ४ लाख बढि नगद लगायतको सामान जलेर नष्ट हुँदा ९ लाख हाराहारीको क्षति भएको पिडित अर्जुन राईले जानकारी दिए ।

सोमबार दिउँसो ३ः३० बजेतिर बंगुरको लागि चारो पकाउने क्रममा पुरानो टहरामा राखिएको दाउराबाट आगोलागी सुरु भएको पीडित परिवारले जनाएको छ ।

उक्त घटनामा तिलक राईको पूरानो हट सितै जोडिएका अन्य दुई छोरा रामचन्द्र र लक्षुमण राईको टहराहरु पनि जलेर खरानी भएका थिए ।

आगोलागी सुरुभएको १ घण्टा पछि मात्रै दमकल आइपुग्दा ठुलो क्षति भएको स्थानीयले बताएका छन् । घटनामा उर्लाबारीको दमकल, इलाका प्रहरी कार्यालय पथरी र शसस्त्र प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणका लागि दमक, बेलबारी लगायतका दमकलहरु आएका थिए ।

पथरीशनिश्चरे नगरपालिकाले दमकल खरिद गर्न नसक्दा छिमेकी पालिकाको भर पर्नु परेको छ । सार्वजनिक स्थलमा पटक पटक दमकल खरिदको प्रकृया अघि बढेको बताउदै आएका जनप्रतिनिधिले ५ वर्षे कार्यकाल सकिन लाग्दा पनि दमकल खरिद गर्न सकेका छैनन् ।

सम्बन्धित खवर