उर्लाबारीमा छोराले गरे आमाको हत्या

उर्लाबारीमा छोराले गरे आमाको हत्या

उर्लाबारी, मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् ।

उर्लाबारी नगरपालिका ४ आइतबारे स्थित घरमै हिजो बेलुका ४ः३५ बजेतिर घरायसी विवादका क्रममा ३५ वर्षीय गंगाप्रसाद भण्डारीले ७० वर्षीय आमा चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।

गम्भिर घाईते भण्डारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा राती १०ः२५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । हत्या गर्ने गंगाप्रसाद अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर