अग्रज सहकर्मीको सम्मान

अग्रज सहकर्मीको सम्मान

पाँचथर / नेपाल निजामती कर्मचारी संगठन पाँचथरले १८ जना अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । फिदिममा शनिवार आयोजित उक्त संगठनको ११औँ अधिवेशनको अवसरमा सेवा निवृत्त भएका तथा लामो समयदेखि सेवारत १८ जना अग्रजलाई संगठनले सम्मान गरेको हो ।

सम्मानित भएकाहरूलाई संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतले सम्मान पत्र, मायाको चिनो, खादासहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा सर्मिला खापुङ, राधाकृष्ण खनाल, सूर्य अधिकारी, केदारनाथ रिजाल, खड्गबहादुर बोहोरा, देउमान कन्दङ्वा, ठाकुरप्रसाद सुवेदी, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर खड्का, नन्द धमला, उद्धव गौतम, जयप्रसाद तुम्बापो, देवी हुमागाई, हेटनारायण श्रेष्ठ, प्रेमकुमार भट्टराई, देउकुमारी राई, प्रेम ओझा र कौशिला आङ्देम्बे छन् । अग्रजहरुलाई सम्मान गरी उनीहरुले राष्ट्रसेवा र संगठनको हितमा पु¥याएको योगदानको सम्मान र स्मरणका लागि सम्मान गर्ने परम्पराको थालनी गरिएको नेपाल निजामति कर्मचारी संगठन पाँचथरका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीको भनाई छ ।

यस्तै शनिवारनैै सम्पन्न नेपाल निजामती कर्मचारी संगठन पाँचथरको एघारौँ अधिवेशनले प्रेमबहादुर काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनको बन्दसत्रले काफ्लेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती शिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित भएका छन् ।

सम्बन्धित खवर