अब नागरिक एपबाट नै ब्लुबुक नवीकरण

अब नागरिक एपबाट नै ब्लुबुक नवीकरण

अब नागरिक एपबाट नै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै आजबाट ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न मिल्ने भएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसंग सम्झौता गरेको जनाएको छ ।

ती बैंकहरुबाट राजश्व हिसाब मिलान गर्ने गरि ई–सेवा, फोन पे र खल्तीको मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणालीमा आवद्ध गरिएको छ ।

सम्बन्धित खवर