उर्लाबारी २ मा सडक कालोपत्रे निर्माणको काम धमाधम

उर्लाबारी २ मा सडक कालोपत्रे निर्माणको काम धमाधम

उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर २ मा सडक कालोपत्रेको काम धमाधम भैरहेको छ ।

उर्लाबारी २ को तल्लो भाग केर्खालीचौक देखि वडा कार्यालय जोड्ने सडकमा यतिबेला कालोपत्रे निर्माणको काम संचालन भइरहेको वडा कार्यालयले जनाएको छ ।

आगामी असार १५ सम्ममा निर्माणकार्य सम्पन्न् गर्ने २८ लाख ५६ हजार ८ सय ३३ रुपैया लागतमा २ सय ४० मिटर मिटर सडक कालोपत्रे हुन लागेको हो । सडक निर्माणको जिम्मा विराटनगरको भिमेश्वर कन्ट्रक्सनले पाएको छ ।

स्थानिय स्तरको विकास र समृद्धिको मेरुदण्डको रुपमा हेरिएको स्थानीय तहका जनप्रतिनिधिले जनतालाई प्रत्यक्षरुपमा अनुभुति हुने गरिको कालो चिल्लो सडक निर्माणको कार्यलाई अगाडी बढाएपछि सो क्षेत्रका वडावासी पनि हर्षित भएका छन् ।
गाउँगाउँमा सिहदरबार टोलटोलमा जनप्रतिनिधि आएको लगभग ५ वर्ष वित्नै लागेको छ । यस अवधिमा स्थानियले प्रत्यक्ष रुपमा महसुश गर्ने गरी प्रशस्तै बाटोघाटो, कालोपत्रे सडको पुर्वाधार निर्माण, पुलपुलेसा, खानेपानी, सिचाई, विधुत विस्तारका कामहरु भएतापनि वडा नम्वर २ मा कालोपत्रे सडक निर्माण हुन सकेको थिएन् तर अहिले २ नम्वर वडामै मात्रै कालोपत्रे सडकका २ वटा ठुला योजना र झोलुङगे पुल निर्माणको योजना अघि बढेको वडाअध्यक्ष राजन कुमार कडेलले बताए ।

जनताले घरअगाडी कालोपत्रे सडक हेर्न चाहेको सपनालाई साकार गर्न नगरपालिका र वडाको पहलमा वल्र्ड बैंकको सहयोगमा पुर्वपश्चिम राजमार्गको कृष्णचौक सालबारी देखि सुनझोडा सामुदायिक वन, सिरुझार हुदै निर्माणधिन कालोपत्रे सडकमा जोडिने गरिको २ अर्व लागतको अर्को कालेपत्रे सडक पनि बन्न तयारीमा रहेको छ । सो सडक निर्माणका लागि हाल ५७ करोड बजेट विनियोजन भइसकेको छ ।

अध्यक्ष कडेलले वडा नम्वर २ मा सडक कालोपत्रेको ठुलो योजनाको रुपमा रहेको कृष्णचौक सालबारी सुनझोडा सामुदायिक वन सिरुझार देखी केर्खाली चौक सम्मको कालोपत्रे सडकको योजना अगाडी बढ्ने चरणमा रहेको र सुनझोडा जनटोललाई जोड्न १ करोड २९ लागतमा झोलुङगे पुल निर्माणको कार्य थालनी गर्ने तयारीमा वडा कार्यलय रहेको बताए ।

सम्बन्धित खवर