अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप स¥यो

अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप स¥यो

भीमराज अधिकारी, पथरी

चौथो अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकपको मिति सरेको छ । यहि फागुनको ६ गतेबाट शुरु हुने भनिएको गोल्डकप फागुन १३ गतेबाट हुने भएको हो ।

अमरदह ढल्के जोवन यूवा क्लब अमरदहको आयोजनामा मोरङको सुनवर्षी २ मा हुन गइरहेको प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । तयारी पुरा भएता पनि प्राविधिक कारणले खेल तालिका सार्नुपरेको आयोजकले पत्रकार सम्मेलन गरि जनाएको छ । नेपाल, भारत र भुटानका गरि ३ वटा देशहरुका १२ वटा टिमले खेलमा सहभागीता जनाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

चोथो संस्करणको अमरदह ढल्के जोवनको पुरस्कार राशी ५ लाख ११ हजार रहेको छ । आकर्षक पुरस्कार राशी र राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागीता रहने भएकोले खेलले अत्याधिक दर्शक पाउने आयोजकको आँकलन छ ।

मोफसलमा ढल्के जोवनको नामबाट ३० बर्ष उमेर काटिसकेका खेलाडिहरुले मात्र सहभागीता जनाउने खेलले देश तथा विदेशमा रहेका यूवाहरु विच सद्भाव र भाइचारा स्थापित गराउने अध्यक्ष तामाङले बताए । प्रतियोगीता सञ्चालनका लागि व्यवस्थित प्याराफिट समेत निर्माण भएको छ ।

प्रतियोगीताका सम्पूर्ण खेलहरु सुनवर्षी २ स्थित विरेन्द्र सार्वजनिक माविको खेल मैदानमा हुने छन् । प्रतियोगीतामा भुटानको फ्रेन्डस भेट्रान फुटबल क्लव, दार्जिलिङ भेट्रान फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिने छन् भने नेपालका नेपाल आर्मी क्लब, शसस्त्र प्रहरी बल (एपिएफ), पोखरा ११, बुटवल भेट्रान क्लब, हेटौडा भेट्रान क्लब, सुनसरी भेट्रान क्लब, काठमाडौंको लक्ष्मण भेट्रान क्लब, झापा भेट्रान फुटबल क्लब तथा आयोजकले सहभागीता जनाउने अध्यक्ष तामाङ्गले बताए ।

आयोजकले प्रतियोगीताको खेल तालिका भने सार्वजनिक गरेको छैन् । अब चाडैँ नै खेल तालिका सार्वजनिक गर्ने आयोजकले जनाएको छ । चाथौ संस्करणको कुल लागत करिब ५० लाख रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगीता संचालनका लागि सुनवर्षी, लेटाङ, सुन्दरहरैँचा नगरपालिका र देश विदेशमा रहने सहयोगीहरुले आर्थिक सहयोग गरेको अध्यक्ष तामाङले बताए ।

सम्बन्धित खवर