आगोलागी पिडितलाई मेचीको राहत

आगोलागी पिडितलाई मेचीको राहत

पथरी, आगोलागीबाट पिडित बनेकी संगिता धिमाललाई मेची सहकारीले राहत उपलब्ध गराएको छ ।

पथरीशनिश्चरे १ निवासी धिमाललाई मेची सहकारी पथरी सेवा केन्द्रका संयोजक रुद्र बहादुर तामाङले राहत हस्तान्तरण गर्नुभयो । मेचीको सेयर सदस्य नं. १०२१७ की धिमालले दुहवीमा होटल सञ्चालन गरिरहेकी थिइन् । गत माघ ८ गते राति अचानक होटलमा आगलागी हुँदा धिमालको ५ लाख ३४ हजार १ सय बराबरको क्षति भएको थियो । सोही क्षतिका आधारमा सहकारीले २५ हजार नगद राहत उपलब्ध गराएको हो ।

सदस्य बन्ने बेलामा बिमा कोषका रुपमा सहकारीले २ हजार रुपैँया लिने गरेको छ । सोही बिमा बापतको रकमबाट सदस्यता रहुन्जेलसम्म अपत बिपतमा सहकारीले राहत उपलब्ध गराउने पथरी सेवा केन्द्र संयोजक रुद्र बहादुर तामाङले जानकारी दिनुभयो । क्षतिको विवरण हेरी एकपटकमा बढिमा ५० हजारसम्म राहत दिने गरेको तामाङले जानकारी दिनुभयो । मेचीमा सदस्य हुँदा बखत तिरेको २ हजारले जतिपटक क्षति भएता पनि संस्थाले राहत दिने गरेको छ ।

सम्बन्धित खवर