महिला र दलितका लागि तालिम सञ्चालन

महिला र दलितका लागि तालिम सञ्चालन

मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर ९ मा महिलाका लागि मखमल ढाका जुत्ता निर्माण र दलितका लागि कुक तालिम सञ्चालन भएको छ ।

वडा कार्यालयको बजेटमा सञ्चालित मखमल ढाका जुत्ता निर्माण तालिमको आज सातौं दिन सन्दर्भमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले गाउँ वस्तीमै व्यवसायिक वन्नका लागि यस्ता प्रकारका तालिम सञ्चालन गरिदै आएको वताउनु भयो ।

सो अवसरमा, कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य इन्द्रावती गुरुङ, नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहाल र जुत्ता तालिम सहजकर्ता सावित्रा भट्टराई खतिवडाले मन्तव्य व्यक्त गर्नुभयो । ७० हजारको बजेटमा १० जनाका लागि नगरको लघु उद्यम विकास शाखाको संयोजनमा १० दिने जुत्ता निर्माण तालिम सञ्चालन गरिएको हो ।

उता, केशवप्रसाद खतिवडाको सहजिकरणमा सञ्चालित १ साताको कुक तालिमको नगर उपप्रमुख वास्तोला सहितले अनुगमन् गर्नुभयो । तालिम आज तेस्रो दिनमा सञ्चालन भइरहेको छ । लक्षित दलित कार्यक्रम अन्तर्गत ७० हजारको बजेटमा १० जनाका लागि कुक तालिम सञ्चालन गरिएको हो ।

यसैबीच, उपप्रमुख वास्तोलाको अगुवाईमा वडा नम्बर ९ कै महेन्द्रचोक साना किसान कृषि उत्पादक समूहले नगरपालिकामार्फत दुध मिसन तथा भैंसी प्रवद्र्धन कार्यक्रमबाट दुध उत्पादन र त्यसको विक्री वितरणका बारेमा अनुगमन् भएको छ । अन्यत्रको दर भन्दा प्रतिलिटर १० रुपैयाँ बढीमा किसानबाट भैंसी र गाईको दुध खरिद गरी संस्थाले विक्री वितरण गर्दै आएको छ ।

सम्बन्धित खवर